संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश सहभागी नहुने
Published: (Updated: )
by .काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुने भएका छन ।
रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुने भएका हुन । प्रधानन्यायाधीश राणा अनुपस्थित हुने भएपछि उनको ठाउँमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
गएको वर्षको मङ्सिर ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर विभिन्न सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबाहेक नै संवैधानिक निकायमा नियुक्ति गरेको थियो । तर संविधानसँग बाझिने गरी सरकारले अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति खारेजीको माग गरेर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
यो रिट संवैधानिक इजलासमा सुनुवाइ गर्ने सर्वोच्च अदालतले निर्णय गरेको थियो ।
Comments