चालू आर्थिक वर्षमा डाँफे साकोसले ८१ करोडको वासलात पुर्याउने
Published: (Updated: )
by .दमक । डाँफे बचत तथा ऋण सहकारी संस्थाले आसन्न १४औं वार्षिक साधारणसभामा पेस गरिने प्रतिवेदन आज शुक्रबार सार्वजनिक गरेको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदनमा उल्लेख भएका बजेट, नीति तथा कार्यक्रमबारे प्रकाश पारिएको थियो । संस्थाले चालू वर्षमा नियमित बचत खातामा १२ वर्षको समयावधि पूरा भई रकम ननिकाल्ने सदस्यहरुले थप रकम जम्मा गर्नु नपर्ने व्यवस्था गर्दै थप एक लाख रुपैयाँको बीमा गरिएको सो अवसरमा जनाइएको छ ।
संस्थाबाट प्रवाह गरिँदै आएको ऋणको प्रकारमा सापटी ऋण, कर्मचारी ऋण, कोरोना विशेष ऋण, व्यवसाय विशेष ऋण र वैदेशिक व्यापार ऋण थपगर्ने सदस्यहरुमाझ प्रस्ताव गरिएको छ । यस्तै, ऋण कारोबार गर्ने ५ जना सदस्यलाई ग्रीनकार्ड प्रदान गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले यही भदौ ९ गतेदेखि कनकाई नगरपालिकाको सुरुङ्गामा सेवा केन्द्र सञ्चालन गरेपछि अब ५ वटा सेवाकेन्द्र र प्रधान कार्यालयबाट सेवा प्रवाह भइरहेको जनाउँदै अध्यक्ष न्यौपानेले सहकारी एकीकरण अभियानलाई निरन्तरता दिन साधारणसभामा प्रस्ताव लगिएको पनि जनाएका छन् ।
प्रतिवेदन अनुसार २०७८ साल असार मसान्तमा संस्थाको शेयर पुँजी ५ करोड ४२ लाख ५५ हजार १०० रुपैयाँ पुर्याइएको छ । संस्थामा ४८ करोड २५ हजार १२२ रुपैयाँ निक्षेप रहेको तथा ४५ करोड ७ लाख ५२ हजार ४२० रुपैयाँ ऋण लगानी गरिएको उल्लेख छ । संस्थाले समीक्षा वर्षमा ५९ करोड ७६ लाख ८ हजार ९६६ रुपैयाँको वासलात बनाएकोमा चालूवर्ष ८१ कारोड पुर्याउने अुनमानित योजना प्रस्तुत गरिएको छ ।
सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधा अन्तरगत दोस्रो पटकदेखि ऋण कारोबार गर्दा सुरक्षण शुल्कमा ५० प्रतिशत छुट दिइने, सम्पूर्ण सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागी गराइने, मृत्यु राहात, प्राणघातक रोग उपचार राहत, अग्नि पीडीत राहत लगायतको व्यवस्था गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
प्रतिवेदनमा वार्षिक बजेट, गतवर्षको आर्थिक कारोबारको समीक्षा गर्दै सदस्यहरुले पाउने सेवा तथा सुविधाहरु बारे उल्लेख गर्दै यो पटक सम्मान तथा पुरस्कारका लागि चयन गरिएका व्यक्तिहरुको नामावली पनि उल्लेख गरिएको छ ।
संस्थाका सचिव लीलानाथ खनालले सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आमन्त्रित तथा उपस्थितहरुलाई उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले शाब्दिक स्वागत गरेका थिए ।
गत आर्थिक वर्षमा कोभिड १९ को माहामारीका कारण लक्ष्यको नजिक पुगिएको जनाउँदै उपाध्यक्ष श्रेष्ठले चालू वर्षमा शेयर सदस्यहरुलाई सरल र सहजरुपमा सेवा प्रवाह गर्दै लक्ष्य पूरा गर्न सबैसँग आग्रह गरे । संस्थाका अध्यक्ष तुलाराम न्यौपाने जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा संचालक समिति र लेखा समितिको तर्फबाट बधाई दिंदै उपाध्यक्ष श्रेष्ठले कार्यकाल सफलताको शुभकामना लिए ।
आज सार्वजनिक गरिएको वार्षिक प्रतिवेदन यही भाद्र १४ गतेदेखि १८ गतेसम्म संस्थाको प्रधान कार्यालय र सबै सेवा केन्द्रहरुबाट बुझीलिइ राय, सल्लाह र सुभाव पेश गर्नु सदस्यहरु समक्ष आग्रह गरिएको छ ।
Comments