सामाजिक विकास मन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको अनुगमन
Published:
by .विराटनगर । प्रदेश १ मा नवनियुक्त सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गरेका छन् ।
मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एचडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका हुन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउन र कुनै गुनासो नआउने गरी गर्न निर्देशन पनि दिएका छन् ।
मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरी व्यवस्थापन मिलाउन निर्देशन पनि दिएका छन् । ‘टेन्टमा बसेर भन्दा खाली भवन मर्मत गरेर प्रशासनिक कार्य सञ्चालन गर्नुहोस्’ मन्त्री साम्सोहाङको निर्देशन छ ।
सो अवसरमा कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराएका छन् ।
प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एचडीयू, भेन्टिलेटरसहित गरी ९६ वेडको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गरेका हुन् ।
Comments