Sajhamanch Archive

एमसीसी खारेज राष्ट्रिय अभियानले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । एमसीसी खारेज राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको माग गरेका छन् । उनीहरूले एमसीसीको विरोध गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउने तयारी पनि गरेका छन् ।

अभियानका संयोजक निर्ग नवीनले जारी गरेको विज्ञप्तिमा एमसीसी कार्यान्वयनका लागि खोलिएको एमसीए नेपाल पनि तत्काल विघटन गर्नुपर्ने उल्लेख छ ।

एमसीसी खारेज अभियानले पाँचबुँदे माग राख्दै आफ्ना माग १९ दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन नहुँदै कार्यान्वयनका लागि संरचना खडा गरिएको भन्दै आपत्ति पनि जनाइएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *