नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/५/१६
जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ५ बस्ने स्व. निलमनी गणेश (सदस्य नं. ७२०३५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेष्ठ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं. ५ बस्ने निजकोे छोरा ब्रहमदेव गणेशले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको सेयर र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार २८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए स–प्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी बनियानी कार्यालय
Comments