Sajhamanch Archive

काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by .

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने भएका छन् । सतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन् ।

“सिनेमा हल खोल्ने दिने आजको बैठकले निर्णय गरेको छ,” ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, “सिट क्षमताको कुरा हामीले निर्णय गरेका छैनौं । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ ।”

करिब १७ महिना बन्द रहेका सिनेमा हल खुल्ने भएका हुन् । पहिलो र दोस्रो कोभिड लहरका बीचमा केही समय सिनेमा हल खुले पनि ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिइएको थियो । उक्त समयमा करिब २० प्रतिशत सिनेमा हल मात्रै खुलेका थिए । कोरोना संक्रमणको त्रासका कारण दर्शक आउँदैनन् भन्दै ठूला ब्यानरका सिनेमा रिलिज भएका थिएनन् ।

चलचित्र विकास बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन् ।

कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *