Sajhamanch Archive

क्यान झापाले यही वर्ष इन्फोटक गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापा शाखाको चौथो वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ प्रदेश १ समितिका अध्यक्ष देव सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभामा शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको छ ।

क्यान महासंघ झापाले बितेको एक वर्षमा साइबर अपराध सम्बन्धी २० वटाभन्दा धेरै कार्यक्रम गरेर विद्यार्थीदेखि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सचेतना गराउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

गतवर्ष क्यानका शाखाहरुमध्ये उत्कृष्ट घोषित झापाले चालू आर्थिक वर्षमा क्यान इन्फोटेक गरेर आफ्नो संस्थाको गरीमालाई थप उचाइमा पुर्याउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका प्रमुख अतिथि प्रदेश अध्यक्ष सुब्बाले कुनैपनि व्यक्तिले आफूलाई क्रिएटिभ बनाउन सक्यो भने आइटीको क्षेत्रबाट विश्वभर चर्चित बन्न सकिने बताए । फेसबुकका सिर्जनाकार मार्क जुकरवर्गको उदाहरण दिँदै अध्यक्ष देवले सानो उमेरमा विश्वकै सफल उद्यमी र शक्तिशाली बनेका जुकरवर्गको कामको विश्लेषण गर्न आग्रह गरे ।

साधारणसभामा पत्रकार गोपाल काफ्ले, क्यान महासंघ प्रदेश १ का उपाध्यक्ष भूपेन्द्र मैनाली लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव रोशन दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *