Sajhamanch Archive

माओवादी केन्द्रको झापा सहइन्चार्जमा झलकसिंह र संयोजक बने मणिकुमार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

बिराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले जिल्ला सम्मेलन नहुन्जेलसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । यस्तै ताप्लेजुङ्ग संयोजकको जिम्मेवारी विजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

माओवादी केन्द्रले प्रदेशसभा सदस्य झलकसिंह दर्लामीलाई झापा जिल्ला सहइन्चार्जको जिम्मेवारी तोकेको छ भने संयोजकको जिम्मेवारी मणिकुमार साम्पा साम्पाङ राईले पाएका छन् । मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन् । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् ।

यसैगरी धनकुटा सहइन्चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।

भोजपुर जिल्ला सहसंयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन् । यस्तै खोटाङ सहइन्चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राईलाई दिने निर्णय माओवादी केन्द्रले गरेको छ । ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् ।

माओवादी केन्द्रले उपयपुरमा तीनजना सहइन्चार्ज बनाएको छ । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *