झापाका ७ जना जनप्रतिनिधिद्वारा नेकपा(एस)मा सनाखत
Published:
by .झापा । माधबकुमार नेपालले नेतृत्व गरेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेर झापामा नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधिले सनाखत गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय झापा भद्रपुरका अधिकृतले दिएको जानकारी अनुसार एकजना वडाअध्यक्षसहित ७ जनाले नेकपा समाजवादीमा सनाखत गरेका हुन्। निर्वाचन आयोगले सनाखतका लागि तोकेको अन्तिम दिन आज एकैदिन उनीहरुले एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालयले जनाएको हो ।
एकीकृत समाजवादी दल रोज्नेमा शिवसताक्षी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा प्रवक्ता नविन इजम, मेचीनगर नगरकार्यपालिकाका सदस्य लक्ष्मी पाख्रिन, जिल्ला समन्वय समितिका सदस्य पदम लिम्बु रहेका छन् ।
यस्तै झापा गाउँपालिका वडा नं. ७ का वडा सदस्य इश्वरी दाहाल, अर्जुनधारा नगरपालिका वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका वडा नं. ९ का वडा सदस्य कुन्जा रुचाल रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
Comments