एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत
Published:
by .काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधबीच बजेट स्वीकृत भएको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए । सभामुख सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच बहुमतले स्वीकृत भएको छ ।
सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।
Comments