Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/०६/०४

जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. नन्दबहादुर लिम्बू (सदस्य नं. १२६४०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल श्रावण ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका नाति आशिष लिम्बूले आफ्नो हजुरबुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल भाद्र २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी चारआली कार्यालय

……………………………………………………………………………………………………………………………………………..

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/६/०१

जिल्ला झापा कचनकवल ३ बस्ने स्व. शान्ती राजवंशी (सदस्य नं. २८७४४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ वैशाख ६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल ३ बस्ने निजकोे श्रीमान धर्मचन्द्र राजवंशीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको सेयर र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल भदौ १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए स–प्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी पथरिया कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *