Sajhamanch Archive

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

काठमाडौँ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्धन गर्दै नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ ।

कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाई चलायमान बनाउने उद्देश्य र नेपाली चलचित्रको गरिमालाई उच्च बनाउनका लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए।

मल्लका अनुसार यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबर्धनको लागि आयोजना गर्न लागिएको हो ।

फेस्टिभल आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति चाँडै नै तय गरिनेछ । उनले भने, ‘कोरोना महामारीका कारण केही कठिनाई भएको छ, हामी छिट्टै महोत्सवको मिति घोषणा गर्नेछौँ ।’

ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए, नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)को संयुक्त आयोजनामा नेपाली फिल्म फेस्टिभल गरिने भएको हो ।

चलचित्र महोत्सवलाई भब्यरुपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूसँग नवराज श्रेष्ठले साथ सहयोगको अपील गरेका छन् । नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेका छौँ। तसर्थ विश्वभर फैलिएर बसेका चलचित्रकर्मी तथा नेपाली चलचित्रप्रेमीहरुको सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटीले जानकारी गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *