एकीकृत समाजवादीको दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
Published:
by .दमक । नवस्थापित नेकपा (एकीकृत समाजवादी)ले दमकमा नगर कमिटीको घोषणा गर्दै शनिबार सपथ ग्रहण गराएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यमा दमक नगर कमिटीको घोषणा तथा सपथ ग्रहण सम्पन्न भएको हो ।
नगर कमिटीको अध्यक्षमा महेश घिमिरे चयन गरिएका छन् भने उपाध्यक्ष त्रयमा सुमन कार्की, हमला सिटौला र विराट जबेगु लिम्बू परेका छन् । यस्तै सचिवमा निर्मल लामिछाने र सहसचिवमा रोशन भण्डारीलाई जिम्मेवारी दिइएको पत्रकार अनिलदेव राईले जनाएका छन् ।
नवगठित नगर कमिटीको सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुडाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेढाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बुडाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको भन्दै नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने दावी गरे । उनले पार्टी कार्यकर्तालाई आ–आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्न निर्देशन पनि गरेका छन् ।
एमाले अध्यक्ष ओलीको गृह नगरबाटै झापामा नगर कमिटी गठन भएको बताउँदै नेता बुढाथोकीले दमकमा एकीकृत समाजवादी मात्रै होइन, विद्यार्थी, किसान, महिला, मजदुर, पत्रकार लगायतको संगठन निर्माणका कार्यहरु तीब्र गतिमा बढाइने बताए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रेग्मीले पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन समेत गरे ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्दु कन्दङबा, टीका प्रसाई लगायतले मन्तव्य राखेका थिए । नवगठित नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिवद्धताहरु सुनाएका थिए ।
पार्टी जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तुलसी निरौलाले सञ्चालन गरेका थिए जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए ।
सो अवसरमा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुखसमेत रहनुभएका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
एकीकृत समाजवादीले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम गर्ने भएको छ ।
Comments