एनएमसी सहकारी पसल गौरादहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर—६, काँकरभिट्टा
लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको सूचना
मितिः २०७८।६।९
एनएमसी सहकारी पसल व्यवसाय उपसमितिको मिति २०७८ असोज ९ गते शनिबार सम्पन्न विज्ञापन नं. ११ (कार्यालय सहायक सातौं, गौरादह) को लिखित परीक्षामा तपसिल बमोजिमका परीक्षार्थीहरू उत्तीर्ण भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं. ११ कार्यालय सहायक सातौं (एनएमसी कोपसप गौरादह)
SN | Roll no. | Applicant Name | Present Address |
1 | 11-007 | Bhim kumar Ganesh | Jhapa 04 |
2 | 11-009 | Birendra kumar Ganesh | Kachankawal 05 |
3 | 11-014 | Dipak Karki | Gauradaha 09 |
4 | 11-017 | Ghanshyam Bhandari | Gauradaha 01 |
5 | 11-019 | Jang bahadur Ganesh | Jhapa 04 |
6 | 11-027 | Nikita Dhakal | Gauriganj 03 |
7 | 11-033 | Ramesh Biswakarma | Gauradaha 03 |
8 | 11-039 | Roshan prasad Rajbanshi | Gauriganj 03 |
9 | 11-047 | Shriya Rajbanshi | Gauradaha 07 |
10 | 11-051 | Srijana Rimal | shivasatakshi 06 |
11 | 11-053 | Sushil Neupane | Gauradaha 06 |
12 | 11-057 | Usha Budhathoki | Gauradaha 03 |
पुनश्चः
१. लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुको कम्प्युटर प्रयोगात्मक परीक्षा तथा मौखिक अन्तर्वार्ता तपसिल बमोजिम हुनेछ ।
विज्ञापन नं. ११ कार्यालय सहायक सातौं, गौरादहको लागि कम्प्युटर प्रयोगात्मक र मौखिक अन्तर्वार्ता २०७८ असोज १२ गते मंगलबार, संस्थाको गौरादह कार्यालयमा बिहान ११ः०० बजेदेखि हुनेछ ।
२. उपरोक्त प्रयोगात्मक परीक्षा/अन्तर्वार्तामा सहभागी हुन प्रवेशपत्र अनिवार्य गरिएको छ ।
३. अन्तर्वार्तामा सहभागी परीक्षार्थीले दरखास्त मार्फत संलग्न गरिएका सबै प्रमाण पत्रको सक्कलै प्रति, स्वास्थ्य परीक्षण प्रतिवेदन, स्थानीयताको प्रमाण, मोटरसाइकल/स्कुटीको लाइसेन्स, अनुभवको प्रमाण साथमा लिएर आउनु पर्नेछ । सक्कल प्रति पेस हुन नसके सोको अङ्क समावेश हुने छैन ।
४. संस्थाको एनएमसी सेवा आयोग सम्बन्धी आन्तरिक कार्यविधिमा तोकिएको मापदण्ड (लिखित परीक्षामा न्यूनतम् ४० प्रतिशत अंक प्राप्त गरेका आवेदक) पूरा गरेका आवेदकको नाममात्र दोस्रो चरणको परीक्षा कार्यक्रमका लागि प्रकाशित गरिएको छ ।
५. यो सूचना साझामञ्च डटकम, संस्थाको वेबसाइट, फेसबुक पेज साथै संस्था अन्तर्गतका व्यवसाय तथा कार्यालयहरूको सूचना पाटीमार्फत सार्वजनिक गरिएको छ ।
६. उपर्युक्त लिखित परीक्षाको नतिजा आवेदकको नामको वर्णानुक्रमका आधारमा प्रकाशन गरिएको छ ।
७. कम्प्युटर प्रयोगात्मकका लागि Windows Functions, Microsoft Office, नेपाली तथा English Typing लगायतका विषयहरु रहनेछन् ।
– एनएमसी सहकारी पसल व्यवसाय उपसमिति
Comments