अन्ततः उनी मृत भेटिइन्
Published:
by .बिर्तामोड । जंगली हात्तीले सुँडमा च्यापेर लगेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । निगुरो टिप्न जंगल गएकी बिर्तामोड नगरपालिका – ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका– १० मा पर्ने चन्द्रगढ सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दै गर्दा हात्तीले सूँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका हुन् ।
घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।
Comments