मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन
Published: (Updated: )
by .हल्दिबारी । यहाँस्थित वडा नं. ४ मा सञ्चालित जयदुर्गा कृषि सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा भदौ ३० गते सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सत्येन्द्रकुमार कर्णको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य खडानन्द गुरागाईंको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि गुरागाईं र संस्थाका अध्यक्ष कर्णले नवदुर्गा मन्दिरमा दियो बालेर गरेका थिए ।
३४० जना शेयर सदस्यहरु रहेको संस्थामा १८७ जना पुरुष र १५३ जना महिला रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको वार्षिक नीति तथा कार्यक्रमहरुबारे तयार गरिएको प्रतिवेदन अध्यक्ष कर्णले प्रस्तुत गरेका थिए ।
संस्थामा एक करोड ५१ लाख ४१ हजार ४७९ रुपैयाँको वासलात बनेको विषय समेटिएको आर्थिक प्रतिवेदन जीवन बिमलीले प्रस्तुत गरेका थिए ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन सदस्य नरबहादुर बस्नेतले प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष तुलसीप्रसाद ढकालले सहभागीहरुलाई शब्दले स्वागत गरेका थिए ।
Comments