बिर्तामोडका ४२ परिवारलाई खाद्यान्न सहयोग
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध गराएको खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले जानकारी गराए पश्चात उनीहरुलाई राहत उपलब्ध गराइएको दाता गोपाल मुखियाले जानकारी दिए ।
४२ परिवारलाई राहतस्वरुप प्रति परिवार ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नून लगायतका खाद्यन्न सहयोग गरिएको हो । उक्त राहत सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले प्रदान गरेका हुन् ।
वडा ७ का कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवालको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक कुमार भट्टराइले प्रकाश पारेका थिए ।
अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापाले दातालाई धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन अपांगता स्वालम्बन संस्थाका सचिव हरि अधिकारीले गरेका थिए ।
Comments