Sajhamanch Archive

टी–२० विश्वकपमा ओमानको शानदार सुुरुवात

Published: in खेलकुद, विश्व समाचार by .

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ओमानले शानदार सुरुवात गरेको छ । आज आइतबार भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको हो ।

ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य घरेलु टोलीले मात्र १३ दशमलव ४ ओभरमा विकेट नगुमाई भेट्टायो । उसका लागि जितेन्दर सिंहले अविजित ७३ रन बनाउँदा अकिब इलियास ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । खराव सुरुवात गरेको पपुवा न्यूगिनीका दुबै ओपनर शून्यमै आउट भएका थिए । तेस्रो विकेटका लागि असद भाला र कालोर्स अमिनीले ८१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । अमिनी ३७ रनमा आउट भए ।

थप २१ रन जोड्दा भाला व्यक्तिगत ५६ रन बनाएर आउट भएपछि पपुवा न्यूगिनीको पारी धरासायी भयो । सेसे बाउ १३ रनमा आउट भए भने अरुले दोहोरो अंक नै जोड्न सकेनन् ।

भ्रमणकारी टोलीलाई सस्तैमा समेट्ने क्रममा ओमानका जिसन मक्सुदले २० रन खर्चिएर ४ विकेट लिए भने बिलाल खान र कमिलउल्लाहले समान २–२ विकेट हात पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *