Sajhamanch Archive

ख्याम ओलीले आफ्नो जन्म दिनमा अपाङ्ग असक्त बालवालिकालाई गरे खाद्यान्न सहयोग

Published: in समाज, स्थानीय तह by .

कनकाई । कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता ख्याम ओलीले आफ्नो जन्म दिनमा आज अपाङ्ग असक्त बालबालिकाको आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

कनकाई ४ मा रहेको पुुकार अपाङ्ग असक्त समाजका बालबालिकालाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ओलीले १०० केजी चामलसहित दाल, नून, तेल, बिस्कुट लगायत अन्य दैनिक उपभोग्य खाद्य सामग्री सहयोग गरेका हुन् ।

कनकाई सामुुदायिक वन समूहका अध्यक्ष, रोटरी क्लव अफ सुरुङ्गाका कार्यसमिति सदस्य, होटल डिलाइटका संचालक ओली विभिन्न सामाजिक एवम् धार्मिक संघ–संस्थामा क्रियाशील छन् । जन्मदाता वुवा आमासहित श्रीमती, छोरा र परिवारका अन्य सदस्यहरुसँगै रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुको उपस्थितिमा ओलीको जन्मोत्सव कार्यक्रम पनि गरिएको थियो ।

रोटरी क्लव अफ सुरुङ्गाले होटल डिलाइटमा आयोजना गरेको संक्षिप्त कार्यक्रममा पुुकार अपाङ्ग असक्त समाजका अध्यक्ष निर्मला ओझा र सचिव गोविन्द सुवेदीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा खाद्य सामग्री ग्रहण गर्दै पुुकार अपाङ्ग असक्त समाजका अध्यक्ष ओझाले जन्मदिनको अवसर पारेर युवा सामाजिक अभियन्ता ओलीबाट भएको सहयोगले संस्थालाई ठूलो राहत मिलेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *