Sajhamanch Archive

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाबाट निधन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

ललितपुर । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको हो ।

आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महर्जनको निधनप्रति पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागि मात्र नभई देशैका लागि अपूरणीय क्षति भएको’ धारणा राखेका छन् ।

उनले लेखेका छन्, ‘पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु भन्नुहुन्थ्यो, समयले तपाईंलाई पर्खिएन । तपाईंको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।’

महर्जन गत स्थानीय तह निर्वाचनमा तत्कालीन साझा पार्टीका तर्फबाट ललितपुर महानगरको मेयर पदमा चुनाव लडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *