व्यवस्थित मजदूर परिचालनमा एन्डीफन्डको जोड
Published:
by .बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (एन्डीफन्ड) झापाले व्यवस्थित मजदूर परिचालनमा जोड दिएको छ ।
बिर्तामोडमा आज सम्पन्न भेलामा व्यवस्थित मजदुर परिचालनमा स्थानीय सरकारको ध्यानाकषर्ण गराउने निर्णय पनि गरिएको छ ।
मजदूरको हक हित र सामाजिक सुरक्षा अन्तर्गत मजदुर बीमा र व्यवस्थित मजदूर परिचालनमा स्थानीय सरकार जवाफदेही हुनुपर्नेमा मजदूर नेताहरुको एकमत थियो ।
राप्रपाका केन्द«ीय सदस्य भक्ति सिटौलाको प्रमुख अतिथ्यमा आयोजित भेलामा सम्पूर्ण मजदूरको हक हितको लागि अन्य संगठनसँग सहकार्य गरी अघि बढ्न सुझाव दिइएको छ ।
एन्डीफन्ड झापाका अध्यक्ष ववुुजय मुर्मुको सभापतित्वमा आयोजित भेलामा राप्रपा बिर्तामोड नगर अध्यक्ष शंकर रिजाल, क्षेत्रीय उपाध्यक्ष हृदयराज पाठक, एन्डीफन्ड उपाध्यक्ष श्रीप्रसाद चौधरी, सल्लाहकार सन्तमान तामाङ, रोशन सुब्बालगायतले आ –आफ्ना धारण राखेका थिए ।
Comments