Sajhamanch Archive

प्रदेश १ मा १६५ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैंचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१ जना संक्रमित थपिएका हुन् । यस्तै, झापाको विर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २–२, कनकाई, बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा १–१ जनामा पनि कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहवी र धरानमा ४–४, रामधुनी, बराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १–१ जना, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १–१, संखुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *