नेकपा एमाले दमकमा नयाँ नेतृत्वलाई सपथ
Published:
by .दमक । नेकपा एमाले दमक नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।
दमक–९ स्थित पार्टी कार्यालयमा प्रथम नगर अधिवेशनका निर्वाचन समितिको संयोजक प्रेम दंगालले अध्यक्ष गेहनाथ पोख्रेललाई सपथ ग्रहण गराए । आफूले अध्यक्षको सपथ गरेपछि पोख्रेलले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
दमक नगर कमिटीमा अध्यक्षमा पोखरेल, सचिवमा इन्द्र गुरुङ, उपसचिवद्वय उर्मिला ओली पाण्डे र सन्तोष दुलालसहित कमिटीका सबै सदस्यहरु सर्वसम्मत चयन भएका छन् । तर उपाध्यक्ष, बुद्धिजीवी र व्यापारीको कोटामा भने अझै सर्वसम्मत हुने सकेको छैन । विधानतः एमालेको नगर कमिटी ७५ सदस्यीय रहने व्यवस्था छ ।
सो कार्यक्रममा निर्वाचन समितिका तर्फबाट सदस्य मञ्जु थापा, अध्यक्ष मण्डलका अध्यक्ष रोमनाथ ओली, सदस्यहरु क्रमशः अम्बिका खनाल, लिला ढुंगेल दाहालले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष पोख्रेलले कमिटीको तर्फबाट प्रतिवद्धता मन्तव्य राखेका थिए ।
Comments