ज्ञानोदय साकोसको अध्यक्षमा गोपीकृष्ण निर्विरोध
Published:
by .भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भद्रपुर ८ को १२औं वार्षिक सभाले गोपीकृष्ण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिव डिल्लीराम अधिकारी, सहसचिव सिता बिमली र कोषाध्यक्षमा भगिरथ नेपाल चयन भएका छन् ।
संस्थाको सञ्चालक समिति सदस्यहरूमा लक्ष्मीप्रसाद गौतम, देवेन्द्रबहादुर थापा, रमेशचन्द्र पौडेल, वडाराम हेमरम, सत्यरूपा पुरी, सोहनलाल गणेश रहेका छन् । यस्तै खड्गनारायण श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय लेखा समिति गठन गरिएको छ ।
गोकुलराज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, राष्ट्र सेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शेयर सदस्य सन्तति मध्ये बिर्तामोडकी सृष्टि सुवेदी र भद्रपुरका अनमोल गुरागाईलाई जनही नगद दुई हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । यसैगरी यस वर्ष सेवा निवृत्त भएका शेयर सदस्य १५ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो ।
Comments