Sajhamanch Archive

नेपाल भारत मैत्री संघद्वारा राहत वितरण

Published: in समाज, स्थानीय तह by .

भद्रपुर । नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची नदी किनारमा आश्रित बाढी पीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।

संघले यही कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परी खाद्यान्न आभव झेलिरहेका सुकुम्बासी बस्तीका ५६ परिवारलाई खाद्यान्न प्रदान गरेको हो ।

संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा राहत हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ केन्द्रीय उपाध्यक्ष शैलेन्द्रकुमार झा, महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्ररपुर ५ का वडाध्यक्ष बन्धु कार्की लगायतको सहभागिता थियो ।

बाढी पछि टोल नै डुवानमा परी खाद्यान्न आभव झेलिरहेका सुकुम्बासी ५६ परिवारका लागि खाद्यान्न वितरण गर्न एक लाख ५० हजार रुपैया खर्चिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *