हकदावी सम्बन्धी एनएमसी बनियानी कार्यालयको १५ दिने सार्वजनिक सूचना
Published:
by .प्रथमपटक प्रकाशित मितिः २०७८/७/१६
जिल्ला झापा कचनकवल–६ बस्ने स्व. कालेन्द्र सिंह राजवंशी (सदस्य नं.८७५१९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार ३१ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल ६ बस्ने निजका छोरा फाल्गुणी लालसिंह राजवंशीले आफ्नो बुबाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल श्रावण ३१ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्याद भित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बनियानी कार्यालय
Comments