Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी घैलाडुब्बा सेवा केन्द्रको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

प्रथमपटक प्रकाशित मितिः २०७८/०७/१४

जिल्ला झापा कनकाई नगरपालिका वडा नं. ९ बस्ने स्व. चन्द्रादेवी भारती (सदस्य नं. ५७७५३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असोज २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ९ बस्ने निजका श्रीमान् जगतबहादुर भारतीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी घैलाडुब्बा सेवाकेन्द्र

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *