Sajhamanch Archive

हकदाबी सम्बन्धी एनएमसी बिर्तामोड कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/७/१६

जिल्ला झापा बिर्तामोड–५ बस्ने स्व. श्रीनारायण शिवाकोटी (सदस्य नं. ३५९९७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल भदौ १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड– ५ बस्ने निजका छोराहरु प्रलादकुमार शिवाकोटी र नारायणप्रसाद शिवाकोटीले मृतकको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सम्बन्धित मृतक सदस्यको नाममा अन्य कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बिर्तामोड कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *