Sajhamanch Archive

कविता : तिहार

Published: in साहित्य, by .

झिलीमिली बत्ती बलेको
कस्तो राम्रो देखिएको
सयपत्री र मखमली
ढकमक्क फुलेर
प्रकृतिलाई कति सुन्दरता
बढाएको छ
कस्तो राम्रो मौसम
कस्तो राम्रो वातावरण
आहा ! सबैको घर आँगनमा
तिहार आएको छ
यतिखेर आफ्नै घरको बरन्डामा बसेर
तिहारको मज्जा लिइरहेको छु
छिमेकीको घरमा
देउसीभैलो गीतहरु बजिरहेको छ
पोहोर परार यस्तो
देउसीभैलो देख्‍न पाएको थिएन
यो वर्ष त रमाइलो गर्ने हो
तिहार मनाउने हो
यो वर्ष पनि
सुरक्षित हुनु छ
सतर्कता अपनाउनु छ
बाँच्नु छ बचाउनु छ
यो महामारीको समयमा
सबैको मनमा उत्साह नछाए पनि
उमङ्‍ग नआए पनि खुसी नआए पनि
सबै दुःख भुलेर
यसपालिको तिहार मनाउने हो

किनकि यतिखेर
सबैको घरमा तिहार आएको छ
वर्षभरिको दुख बिर्सेर
प्रेम आत्मीयता भाइचारा बढाएर
दिदीबहिनीलाई सम्झेर
मीठोमसिनो खाएर
पीडाहरु भुल्दै तिहार मनाउने हो
खुसी हुने र खुसी बाँड्ने हो
आफ्नै घरमा बसेर
यो वर्षको तिहार मनाउने हो
किनकि,
योबेला सबैको घरघरमा
तिहार आएको छ ।

बिर्तामोड, झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *