Sajhamanch Archive

महाधिवेशन प्रतिनिधि छनोट : झापा क्षेत्र नं. २ मा सर्वसम्मत, १ मा पनि हुने

Published: in राजनीति, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ ।

निर्वाचन परिचालन तथा सहजीकरण समितिले प्रकाशन गरेको सूचना अनुसार खुला तर्फ ८ जना र महिला तर्फ ३ जना सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नं. २ बाट खुलातर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती चयन भएका हुन्् ।

निर्वाचन परिचालन तथा सहजीकरण समितिका संयोजक पवित्रा निरौले खरेलले हस्ताक्षर गरी प्रकाशित सूचना अनुसार महिला तर्फबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा चयन भएका छन् । यसअघि नै झापा क्षेत्र नं. ५ बाट १० जना र जिल्लाबाट ३ जना दलित प्रतिनिधि सर्वसम्मत भइसकेक छन् ।

झापा क्षेत्र नं. ३ र ४ बाट प्रतिनिधि चयनका लागि आज मतदान भएको छ भने कतिपय क्षेत्रमा यो समाचार तयार गर्दैगर्दा मतगणना भइरहेको जनाइएको छ । यता क्षेत्र नं. १ मा भने भोलि २८ गतेभित्रमा सर्वसम्मत प्रतिनिधि चयन गर्नेगरी आकांक्षीहरुले सहमति जनाएका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रविन कोइरालाका अनुसार आकांक्षीहरुले नेतृत्वका बीचमा उभिएर मतदानबाट होइन मनबाटै एकअर्कालाई समर्थन गरेर सर्वसम्मत बनाउने सहमति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *