क्षेत्रीय सभापतिका लागि आचार्य र भट्टराई चुनावी प्रतिष्पर्धा
Published:
by .बिर्तामोड । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नं. २ क को नेतृत्वका लागि लक्ष्मीप्रसाद आचार्य र रविन्द्र भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ ।
क्षेत्र नं. २ प्रदेशसभा क को सभापतिका लागि आचार्य र भट्टराईले उम्मेद्वारी दर्ता गरेसँगै उनीहरुको प्रतिष्पर्धा सुनिश्चित भएको हो ।
त्यसैगरी दुईजना प्रदेश क्षेत्रीय उपसभापतिका लागि जयराज ढकाल, ताराप्रसाद प्रसाई, मञ्जु ओली र हेम खड्काले उम्मेद्वारी दर्ता गराएका छन् ।
दुई सचिव पदका लागि कुमारप्रसाद सिटौला, गंगाप्रसाद चुडाल, प्रमोदकुमार चौधरी र राजेन्द्र आङबुहाङ बीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । यस्तै दुईजना सहसचिवका लागि केशवकुमार श्रेष्ठ, जितेन्द्र कार्की र सुबोध ढकालले उम्मेद्वारी दर्ता गरेका छन् ।
मंसीर ३ गते सम्पन्न हुने प्रदेश क्षेत्रीय पदाधिकारी तथा प्रदेश क्षेत्रीय अधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. २ क बाट सात जना पदाधिकारी र १८ जना प्रतिनिधि छनौट हुनेछन् । यी १८ जना प्रदेश क्षेत्रीय प्रतिनिधि र सात पदाधिकारीसहित २५ जना निर्वाचित हुनेमा ४४ जनाले मनोनयन दर्ता गरेको मतदान अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिएका छन् ।
तीमध्ये आदिवासी जनजाति महिला र अल्पसंख्यकतर्फ १/१ गरी २ जना निर्विरोध निर्वाचित भएका छन् । मंसीर ३ गते हुने निर्वाचनमा सात पदाधिकारीका लागि १३ जना र १८ प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २८ जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।
झापाका १० वटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्वका लागि मंसीर २ गते उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन स्रोतले जनाएको छ ।
Comments