सिम्रिक साकोसले असोज र कात्तिकमा सदस्यलाई १० लाख रुपैयाँ राहत बाँड्यो
Published:
by .बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोज र कात्तिक महिनामा गरी ६५ जना सदस्यहरुलाई उपचार सहयोग, मृत्यु राहत तथा ऋण मिनाहामा १० लाख रुपैयाँभन्दा धेरै आर्थिक सहयोग गरेको छ ।
संस्थाको लेखा विभाग प्रमुख कमला प्रधानले उपलब्ध गराएको विवरण अनुसार गत असोज महिनामा २२ जना सदस्य तथा परिवारमाझ तीन लाख २५ हजार १२५ रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरी कात्तिक महिनामा ४३ जना सदस्यलाई सात लाख चार हजार ६२ रुपैयाँ सदस्य राहत वापत प्रदान गर्ने स्वीकृति पाएको लेखा विभाग प्रमुख प्रधानले बताइन् ।
सहकारी संस्थाले सदस्यको अभिभावक बनेर तथा तिनका परिवारको संरक्षण गर्ने उत्तरदायित्व सम्झेर राहत सुविधा प्रदान गर्ने गरिएको अध्यक्ष सुवास भट्टराई बताउँछन् ।
सिम्रिक साकोसले सदस्यको उपचारमा खर्च भएको रकमको ५० प्रतिशतसम्म उपचार सहयोग प्रदान गर्ने तथा अस्पताल बसाईको बेडचार्ज तिरिदिने गरेको छ । यस्तै, ऋणि सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गरिदिने तथा परिवारलाई काजकिरिया खर्चसमेत प्रदान गर्ने नीति बनाएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् ।
सोही अनुरुप संस्थाका विभिन्न सेवा केन्द्रहरुमार्फत् सञ्चालक समिति वा विभागीय कर्मचारीहरुको उपस्थितिमा राहत प्रदान गर्ने गरिएको छ । असोज र कात्तिक महिनामा मात्र १० लाख २९ हजार १८६ रुपैयाँ राहत प्रदान गरिएको हो ।
Comments