नवोदय सहकारी केर्खाको वार्षिक मुनाफा ४ करोडभन्दा बढी
Published:
by .कमल । झापाको कमल गाउँपालिका ३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
संस्थाको आइतबार सम्पन्न २३औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले ४ करोड ८० लाख ५६ हजार १७७ रुपैयाँ खुद नाफा गरेको जनाइएको हो ।
यस्तै, सस्थाले चालु आर्थिक वर्षमा २१ करोड ५५ लाख १८ हजार ७०० रुपैयाँ नाफा गर्ने लक्ष लिएको संस्थाका व्यावस्थापक फणिन्द बहादुर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
कमल गाउँपालिकाले सञ्चालन गरेको व्यवसाय प्रवर्धन कोषमा आवद्ध भएर सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको र त्यसका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आश्वासन दिइन् । महिला सदस्यको संख्या अधिक रहेको सहकारीले महिलाहरुका लागि विषेश कार्यक्रम सञ्चालन गर्न गाउँपालिका अध्यक्ष काफ्लेले सुझाव दिएकी छन् ।
कार्यक्रममा पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा, तो्पगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्कीम नम्बर एकका उपाध्यक्ष रामचन्द्र बराल, कमल गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष डम्वरबहादुर निरौला लगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए ।
संस्थाले यो वर्ष उत्कृष्ट संचारगृहका रुपमा गौरादहस्थित एफएम प्लस प्रालिलाई सम्मान पत्रसहित नगद ७ हजार ५०० सय रुपैयाँले सम्मान गरिएको छ । उत्कृष्ट सहकारी अभियन्ता अन्तरगत गणेशप्रसाद बस्नेत (मरणोपरान्त), उत्कृष्ट सहकारीकर्मी अभियन्ता अन्तरगत खड्गकुमारी बस्नेतलाई सम्मानपत्र र नगद २१ हजार १११ रुपैयाँ प्रदान गरिएको छ ।
साधारणसभाको अवसरमा संस्थाले आजै उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी गरी दर्जनौंलाई पुरस्कृत गरेको छ ।
सस्थाका उपाध्यक्ष बलराम गजुरेलले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित तथा सहभागीहरुलाई सञ्चालक सदस्य खगेन्द्र बारकोटीले शाब्दिक स्वागत गरेका थिए ।
Comments