कोरोना ग्राफ : प्रदेश १ मा ३४ जना संक्रमित थपिए
Published: (Updated: )
by .विराटनगर । बितेको २४ घण्टामा प्रदेश १ भर ३४ जना कोरोना संक्रमित थपिएका छन् । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
जसअनुसार मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १–१ जना संक्रमित थपिएका छन् । यस्तै झापाको बिर्तामोडमा ३, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा पनि कोरोना संक्रमण भएको छ ।
तथ्याङ्क अनुसार सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १–१, धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
Comments