Sajhamanch Archive

साहित्य चौतारीले नारायण गोपाल स्मृति साँझ गर्ने

Published: in समाज, साहित्य by .

बिर्तामोड । साहित्य चौतारी बिर्तामोडले स्वरसम्राट नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर बिर्तामोडमा नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियार तथा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठको उपस्थितिमा सम्पन्न बैठकले स्मृति साँझको तयारी गरेको हो ।

स्वर सम्राट नारायण गोपालको ३१औं स्मृति दिवसको सन्दर्भ पारेर मंसीर १८ गते बेलुकी स्मृति साँझको आयोजना गरिएको संस्थापक संरक्षक श्रेष्ठले जानकारी दिएका हुन् ।

उक्त दिन गायक कुबेर राईको एकल गायन रहने तथा श्रष्टा शान्ती ठटाललाई विशिष्ठ सम्मान प्रदान गरिने कार्यक्रम बनाइएको श्रेष्ठको भनाई छ । होटल हिकोला हेरिटेज प्रालिको प्रायोजनमा स्मृति साँझको आयोजना गरिएको जनाइएको छ ।

त्यसैगरी अर्जुनधारा जलेश्वरधाममा भइरहेको ३९औं धार्मिक अनुष्ठानमा साहित्य चौतारीको तर्फबाट मंसीर १६ गते भजन सन्ध्या गरिने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *