एनएमसीका व्यवस्थापकीय कर्मचारीलाई नेतृत्व विकास सम्बन्धी तालिम
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामा व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गत बुधबार बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्था अन्तर्गतका नेतृत्व तहका समिति पदाधिकारी तथा कर्मचारीहरुले सहभागिता जनाएका थिए । व्यवस्थापनका परामर्शदाता, प्रशिक्षक, लेखक मनोहरमान श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष भगवती घिमिरे, सदस्य डम्बरबहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसाथै संस्थाका विभिन्न व्यवसायका व्यवसाय प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रमुख, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
नेतृत्व तहमा रहेर व्यवस्थापकीय पक्षमा ध्यान पुर्याउनु पर्ने कुराका साथै संस्थागत नेतृत्व तहमा व्यवस्थापकीय तहबाट निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी सहजीकरण गरिएको थियो । कार्यक्रममा सैद्धान्तिक तालिमभन्दा पृथक रुपमा प्रयोगात्मक विधिबाट सहजीकरण भएको थियो ।
आयोजक शिक्षा तथा तालिम उपसमिति संयोजक सावित्रा दाहाल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसमिति सदस्य घनश्याम अधिकारीको शाब्दिक स्वागत र सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।
Comments