Sajhamanch Archive

विराट बहुउद्देश्यीय सहकारीको नेतृत्व सर्वसम्मत

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरिएको छ ।

उमानाथ ओलीको संयोजकत्वमा कृष्णप्रसाद बिमली र बिनोद गौतम सदस्य रहेको निर्वाचन समितिले आकांक्षीहरु बीच छलफल तथा अन्तरक्रिया गरी सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको ११ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा मोहन शिवाकोटीलाई पुनः चयन गरिएको छ । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः होमप्रसाद सिटौला, गणेश ओली र काजीबहादुर बुढाथोकी सर्वसम्मत भएका छन् ।

सञ्चालक समितिको सदस्यहरुमा नारायण शिवाकोटी, भीमा शिवाकोटी, युवराज तिम्सिना, राजु चाम्लिङ, अर्जुनकुमार पाठक, जयप्रसाद सिटौला र रमा बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।

संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशवराज पाठकले जिम्मेवारी पाएका छन् भने अर्जुन न्यौपाने र होमनाथ उप्रेती सदस्यमा रहेका छन् ।

निर्वाचन समितिका सदस्य गौतमले साधारणसभामा सर्वसम्मत चयन गरिएका सञ्चालकहरुको नामावली वाचन गरेका थिए । नयाँ नेतृत्वलाई निर्वाचन समितिका संयोजक ओलीले प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्वाचितहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, डिल्ली सिटौला, राजकुमार पोखरेल, डिल्ली दाहाल लगायतले अबिर टिका लगाएर कार्यसफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *