Sajhamanch Archive

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा थापा २ मतअन्तरले विजयी (पदाधिकारीहरुको मत परिणामसहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

बिराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा झापाका उद्दव थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश सभापतिमा विजय हासिल गरेका हुन् ।

सभापतिमा निर्वाचित थापाले ८४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत ल्याएको निर्वाचन समितिल जनाएको छ । उक्त निर्वाचनमा १ हजार ७५२ मत खसेको जनाइएको छ ।

सभापतिमा विजयी थापा काङ्ग्रेस नेता सिटौलाका बिश्वास पात्र हुन् । झापा काङ्ग्रेसको २ कार्यकाल सभापति भएका थापालाई देउवा समूहको पनि समर्थन रहेको छ ।

कांग्रेस प्रदेश १ मा पदाधिकारीहरुले प्राप्त गरेको अन्तिम मत परिणाम यस्तो छः

सभापतिः
१. उद्दव थापा – ८४४ (विजयी)
२. गुरुराज घिमिरे – ८४२

उपसभापतिः
१. गोबिन्दप्रसाद ढुंगाना (केदार) – ७६५
२. टंकप्रसाद राई – ८४७ (विजयी)
३. रमेशजंग रायमाझी – ८९१ (विजयी)
४. बिश्वनाथ रिजाल (त्रिलोचन) – ६६९

महामन्त्रीः
१. उमेश थापा – ८२३ (विजयी)
२. दिपनकुमार श्रेष्ठ – ७६४
३. पदम सुन्दर पालुङ्गवा – ८०७
४. भुपेन्द्र राई – ८२४ (विजयी)

सहमहामन्त्री (महिला) :
१. प्रमिला गछदार – ८३७ (विजयी)
२. सीता कार्की – ७३३

सहमहामन्त्री (खुल्ला) :
१. खड्ग फागो – १०२६ (विजयी)
२. रोहितकुमार शाह – ६६५
३. बिनोदकुमार बस्नेत – ७४७  (विजयी)
४. विरकाजी राई – ६४७
५. शुभचन्द्र राई – ८४

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *