Sajhamanch Archive

माइजोगमाई अध्यक्ष कप : मानेभञ्ज्याङ सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद by .

नयाँबजार (इलाम) । माइजोगमाई अध्यक्ष कपमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

इलामको माइजोगमाई गाउँपालिका– १ नयाँबजारस्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङले लिएको थियो । डी–बक्सभित्र झापाका गोलरक्षकले फाउल गरेपछि पाएको मौकालाई कप्तान इलाले पेनाल्टी मार्फत गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको झापाले दोस्रो हाफमा गोल फर्कायो ।

मौसमले अवरुद्ध बनेको खेलको ३५औं मिनेटमा सब्स्टिच्युट खेलाडी पुजनले खेल बराबरीमा ल्याए । ४३औं मिनेटमा झापाले अग्रता बनायो । अफ्रिकी खेलाडी योमेले गोल गर्दै झापालाई २–१ को अग्रता दिलाए ।

खेलको अन्तिम समयमा मानेभञ्ज्याङका कप्तान इला र सुराग क्षेत्रीले गोल गरेपछि मानेभञ्ज्याङ ३–२ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनायो । झापा २ जना अफ्रिकी खेलाडीसहित मैदान उत्रिएको थियो । खेलको म्यान अफ दि म्याच सुराग क्षेत्री घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोली बिहीबार २ वटा क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा रेडहर्ष इलाम र पाँचथर फुटबल क्लब भिड्दैछन् । दोस्रो खेलमा आयोजक रातो र जनता सेभेन सूर्योदय गरपालिका प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *