Sajhamanch Archive

दुई दिन पछि सर्यो तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता

Published: in खेलकुद by .

बिर्तामोड । आज (पुस ८ गते)देखि हुने भनिएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले यही पुस १० गतेबाट सञ्चालन गरिने भएको छ ।

आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङका अनुसार उद्घाटनको दिन आयोजक र भारत कालिम्पोङको श्री फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो दिन मोरङ पथरी शनिश्चरे महिला फुटबल क्लबले भारत सिलिगुडीको रोयल स्पोर्टिङ फुटबल क्लबको सामना गर्नेछ ।

पुस १२ गते उद्घाटन खेलको विजेतासँग धरान महिला फुटबल क्लब सुनसरीले खेल्नेछ । पुस १३ गते दोस्रो दिनको विजेतासँग पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब भिड्नेछ ।

प्रतियोगितको फाइनल खेल तमु ल्होसरको दिन पुस १५ गते हुने अध्यक्ष गुरुङले बताए । प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । गतवर्ष भने कोभिडका कारण खेल प्रभावित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *