एनएमसीमा प्राविधिक कर्मचारी चाहियो
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८।९।१५
संस्थाद्वारा सञ्चालित वित्तीय व्यवसाय अन्तर्गत प्रधान कार्यालय चारआलीका लागि संस्थाको कर्पोरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०७८) बमोजिम निम्न सेवा, समूह र श्रेणीका पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहाय अनुसारको योग्यता पुगेका उम्मेदवारबाट अनलाइन प्रणाली मार्फत दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले संस्थाको आधिकारिक वेबसाइट https://nmc.coop.np मा गई Career Section भित्र Apply Online मा Click गरी अनलाइन प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।
तपसिलः
क्र.स | विज्ञापन नं. | सेवा किसिम | समूह, श्रेणी | पद | तह | संख्या |
१ | २४/२०७८–०७९ | करार | प्राविधिक/कार्यालय सहायक | कार्यालय सहायक तेस्रो (प्रा.) | ६ | १ |
- आधारभूत तलब स्केलः रु. १९,९००।– (उन्नाइस हजार नौ सयमात्र)
- प्राविधिक भत्ताः रु.७,०००।– (सात हजार मात्र)
- परीक्षाको किसिमः लिखित, प्रयोगात्मक र अन्तरवार्ता
- परीक्षा मिति, परीक्षा केन्द्रः संस्थाको वेबसाइट www.nmc.coop.np मा पछि प्रकाशन गरिनेछ ।
- लिखित परीक्षाको पाठ्यक्रमः संस्थाको वेबसाइट www.nmc.coop.np मा हेर्न सकिनेछ ।
- दरखास्त दस्तुरः रु. ३००।– (तीन सयमात्र)
- अपलोड गर्नुपर्ने कागजातहरूः उम्मेदवारको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकता, सम्बन्धी पदको विज्ञापनमा तोकिएका कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा तोकिएको फम्र्याटमा अपलोड गर्नु पर्नेछ ।
- दरखास्त दिने अन्तिम मितिः मिति २०७८ पुस ३० गते शुक्रबारसम्म ।
- उम्मेदवारको उमेरको हद (महिला/पुरुष) : दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
- प्रयोगात्मक र अन्तरवार्ता परीक्षा मितिः लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना प्रकाशित गरिनेछ ।
- पदमा रही गर्नुपर्ने कामको विवरणः संस्थाले तोकेको जिम्मेवारीसँग सम्बन्धित कार्यविवरण (JD) अनुसार ।
- तलब तथा अन्य सुविधाः संस्थाको नियम अनुसार
- आवश्यक न्यूनतम शैक्षिक योग्यताः एसईई वा सोसरह
- कार्यस्थलः संस्थाको बिर्तामोडस्थित आइटी ल्याब वा चारआलीस्थित वित्तीय प्रधान कार्यालय
- अतिरिक्त योग्यताः कम्प्युटर हार्डवेयरको राम्रो ज्ञान भएको, सामान्य नेटवर्किङ गर्न जान्ने, प्रिन्टर मर्मत गर्न जान्ने, सिसी टिभी क्यामेरा जडान गर्न जान्ने, विद्युुतीय उपकरण तथा विद्युतीय वाइरिङ सम्बन्धी ज्ञान भएको
अन्य शर्तहरुः
१. आयोगद्वारा तोकिएको म्यादभित्र पेस नभएको वा न्यूनतम योग्यता नपुगेको वा अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकार गरिने छैन ।
२. न्यूनतम शैक्षिक योग्यताको श्रेणी, अतिरिक्त शैक्षिक योग्यता, अनुभव र तालिमका आधारमा अंकभार तोकिएको हुँदा उक्त अंक प्राप्त गर्न परीक्षार्थीले उक्त प्रमाणहरू अनलाइन दरखास्त फर्म पेस गर्दा तोकिएको फिल्डमा अनिवार्य रूपमा अपलोड गर्नु पर्नेछ ।
३. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण अनिवार्य पेस गर्नु पर्नेछ ।
४. लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई मात्र प्रयोगात्मक र अन्तर्वार्तामा सहभागी गराइने छ ।
५. विज्ञापनमा उल्लिखित पदका लागि आवश्यक सङ्ख्याको २० गुणा वा १०० भन्दा बढी संख्यामा आवेदन पर्न आएमा सम्बन्धित पदका लागि प्रारम्भिक छनोट चरणको परीक्षा सञ्चालन गर्न सकिने छ ।
६. संस्थाको कर्पाेरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०७८) बमोजिम सञ्चयकोष, ग्रेड, उपदान, साधारण भत्ता, बोनस र सञ्चिती बिदा लगायतका अतिरिक्त सुविधा प्रदान गरिनेछ ।
७. परीक्षाको नतिजा प्रकाशन संस्थाको आधिकारिक वेबसाइट www.nmc.coop.np फेसबुक पेज www.facebook.com/nmccoopjhapa बाट सार्वजनिक गरिनेछ ।
८. अनलाइन दरखास्त फारम भर्ने क्रममा कुनै द्विविधा भए संस्थाको वेबसाइटमा गई त्यहाँ उपलब्ध भिडियो हेर्न अनुरोध गरिन्छ ।
९. आवेदन दस्तुर तिर्न संस्थाको Online Application System मा उपलब्ध Online Payment Gateway हरूमध्ये कुनै एक प्रयोग गर्न अनुरोध गरिन्छ ।
१०. उम्मेदवारले अनलाइन वा वित्तीय व्यवसायको प्रधान कार्यालय चारआलीमा मेनुअल दरखास्त फारमसमेत पेस गर्न सकिनेछ ।
११. उम्मेदवारले सूचना बमोजिमको समायावधिभित्र अनलाइन आवेदन र तोकिए बमोजिमको दरखास्त शुल्क बुझाएपछि मात्र अनलाइन फारम रुजु लगायत अन्य प्रक्रिया अघि बढाइनेछ ।
१२. उम्मेदवारले तिरिसकेको आवेदन दस्तुर फिर्ता हुनेछैन ।
१३. अन्तिम छनोटमा परेका उम्मेदवारहरूले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
१४. उत्तीर्ण परीक्षार्थीले नियुक्ति लिनुपूर्व स्वास्थ्य परीक्षण तथा प्रहरी रिर्पोट, स्थायी लेखा नम्बर अनिवार्य पेस गर्नुपर्नेछ ।
१५. सेवा अवधिको पहिलो ६ महिनालाई परीक्षणकाल मानिनेछ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा करार अवधि थप गर्न सकिने छ ।
पुनश्चः अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिह्न खडा हुने पो हो कि !
थप जानकारीका लागिः संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल गर्न सक्नु हुनेछ ।
एनएमसी सेवा आयोग
Comments