Sajhamanch Archive

दुईजना क्यान्सर रोगीलाई मेची सहकारी संस्थाको ५०–५० हजार उपचार सहयोग

Published: in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाले अभिभावकत्व दर्शाउँदै संस्थाको नीति अनुसार असाध्य रोग लागेर उपचाररत आफ्ना दुईजना सेयर सदस्यहरुलाई ५०–५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।

बिर्तामोड सेवा कार्यलयका सेयर सदस्यहरु सन्तोषकुमार आचार्य र बाशुदेव पौडेललाई क्यान्सर रोग लागेकाले उपचार खर्च स्वरुप जनही ५० हजारको दरले सहयोग गरेको हो । उनीहरु क्रमशः घाँटी तथा गिजाको क्यान्सरबाट पिडित भएका छन् ।

राहत हस्तान्तरण गर्न बिर्तामोड सेवा कार्यालय ब्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालसहित कर्जा उपसमिति र प्रधान कार्यालय दमकका अधिकृत कर्मचारी मेघराज राउतलगायतका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति थियो ।

बिर्तामोड सेवा कार्यलय ब्यवस्थापन उपसमिति संयोजक उत्तम खनालले दुवैजना पिडीतहरुलाई नगद प्रदान गरेका थिए । उपचार राहत हस्तान्तरण गर्दै उपसमिति संयोजक खनालले क्यान्सर पिडीत सेयर सदस्यहरुलाई केही भएपनि सहयोग होस् भनी संस्थाबाट सहयोग गरेको बताए ।

मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिँदै संयोजक खनालले तपाईं हामीहरुको सहयोग थोरै भए पनि हाम्रो सहयोगले उहाँको ज्यान बच्न सक्ने भएकोले जतिसक्दो सहयोग गरिदिन आम नागरिकलाई पनि अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *