चिया व्यवसायगत उपसमितिको शिलबन्दी कोटेसन आह्वान
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको
शिलबन्दी कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७८।९।१९
संस्था अन्तर्गतको मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा विविध संरचना निर्माणका लागि आवश्यक पर्ने सामग्रीसहित संरचना निर्माण गर्न आवश्यकता भएको हुँदा तपसिलका बुँदाका आधारमा रही इच्छुक फर्म वा निर्माण कम्पनीबाट कोटेसन आह्वान गरिन्छ ।
तपसिल :
१. गोदाम घर निर्माणः २९.५×२०.१० फिटको आरसीसी (ब्लक), फलामको ट्रससहित २६ एमएमको टिनको छाना, भुईंमा टायल्स लगाउने ।
२. क्याबिन र ल्याब कोठाः ९.६×१६.३ फिटको २६ एमएमको टिनको बेरा, भुईंमा टायल्स सहितको एल्मुनियम पार्टिसन, सिसा आवश्यकता अनुसार, फल्स सिलिङ लगाउने ।
३. किचन घर निर्माणः बरण्डामा १५.३ फिटको ब्लकको वाल लगाउने र एउटा मूल ढोका राख्नुपर्ने ।
४. उल्लेखित तोकिएको कार्यमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुबाट एकमुष्ट सामग्रीको रकमसहित कोटेसन पेस गर्नु पर्नेछ ।
५. कोटेसनका साथमा फर्म वा कम्पनीको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
६. कोटेसन पेसगर्ने अन्तिम मिति २०७८ पुस २६ गते सोमबार कार्यालय समयसम्म तोकिएको छ ।
७. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर VAT सहितको दरभाउ पेस गर्नु पर्नेछ ।
८. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरमा पेस गर्नु पर्नेछ ।
९. निर्माण कम्पनी यदि संस्थामा सूचीकृत नभएको हकमा सूचीकृत भई कोटेसन पेस गर्नु पर्नेछ ।
१०. सूचीकृत हुनका लागि कर्पाेरेट प्रशासन विभागमा सम्पर्क गर्न सकिनेछ ।
११. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि मो. ९८५२६८९५१३
चिया व्यवसायगत उपसमिति
Comments