कर्णाली साकोसको २१औं वार्षिक साधारणसभा सकियो (भिडियोसहित)
Published:
by .
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २१औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको औचित्य प्रष्ट्याउँदै अध्यक्ष श्रेष्ठले विभिन्न सेवा केन्द्रहरु मिलाएर बनाइएको १५ वटा एकाईमा सम्पन्न साधारणसभाका सुझाव तथा निश्कर्षहरु समेटेर अन्तिम माइन्युट प्रमाणित गर्न साधारणसभा गरिएको बताए ।

सबै एकाईबाट छानिएर तीन जनाका दरले प्रतिनिधिहरु अन्तिम माइन्युट प्रमाणित गर्न आएका थिए । अन्तिम माइन्युट प्रमाणित साधारणसभाको औचित्य प्रष्ट्याउँदै अध्यक्ष श्रेष्ठले संस्थाका कार्यविधिहरुमा समेत परिमार्जन एवम् संशोधनको प्रस्ताव गरिएकाले सोमाथि पनि छलफल गरिने बताए ।
साधारणसभामा मन्तब्य राख्दै प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले सहकारी ब्यवसायलाई दिगो बनाउन विभिन्न ५ वटा विषयमा सहकारीकर्मीले प्रष्ट हुनुपर्ने सुझाव दिए ।
उनका अनुसार सहकारीलाई सबल एवम् दीगो बनाउन व्यवसायिकता, सुशासन र पारदर्शिता, वित्तीय मापदण्ड, सामाजिक सामुदायिक पहिचान र सहकारीबीचको समन्वयको खाँचो हुनेछ ।
यी विषयमा सबै सहकारीकर्मीले ध्यान दिएमा सहकारी संस्था बलियो हुने रजिष्ट्रार निरौलाको भनाई छ ।
संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दि स्वागत गरेका थिए ।
सो कार्यक्रममा हाम्रो नेपाल साकोसका उपाध्यक्ष पृथ्वी ओली र जनशक्ति साकोसका अध्यक्ष हिमालय प्रकाश कन्दङवाले आफ्ना धारणा राखेका थिए ।
Comments