भद्रपुरमा कार्यक्रम एक सम्मान र पुरस्कार अनेक सम्पन्न
Published:
by .भद्रपुर । कवि शिरोमणि लेखनाथ पौडेलको १३८औ जन्म जयन्तीको सन्दर्भमा लेखनाथ पुस्तकालय चन्द्रगढीले आज एकजना पत्रकारसहित विभिन्न विधाका १० जना साहित्य स्रष्टाहरुलाई सम्मान गरेको छ ।
भद्रपुर १० को वडा कार्यालयमा आयोजित कार्याक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट भारतको सिलगडी निवासी साहित्यकार सुकराज दियालीलाई नगद ५१ हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।
यसैगरी भद्रपुर १० चन्द्रगढी निवासी पत्रकार रेवतीराज घिमिरेलाई दोसल्लासहित कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । लोकतन्त्र पोष्ट दैनिक तथा जनआन्दोलन साप्ताहिक संवाददाता घिमिरेले निष्ठा, आचरण र इमान्दारिताका साथ कृयाशिल पत्रकारिता गरेकोमा सम्मान गरिएको हो ।
त्यसैगरी श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट बनियनी निवासी साहित्कार डिल्लीराज नेपाल तथा श्यामकृष्ण कामाक्ष श्रेष्ठ छात्रा पुरस्कारबाट आइसा श्रेष्ठ र स्वीकृति पौडेललाई सम्मान गरिएको छ ।
यस्तै, भक्तकिरण साहित्य सम्मानबाट भद्रपुर निवासी भानुभक्त कुभिण्डेलीलाई नगदसहित दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको छ ।
चूडामणि रेग्मी झर्रोशैली सम्मान पुरस्कारबाट विराटनगर निवासी मधु पोखरेल, तथा झापा जिल्ला स्तरीय छन्दोवद्ध कवि सम्मानबाट बिर्तामोड निवासी इन्द्रप्रसाद कटवाललाई सम्मान गरिएको छ ।
शकुन्तला गणेशप्रसाद भट्टराई छात्रा पुरस्कारबाट कशिस श्रेष्ठ र श्रष्टा सम्मानबाट भद्रपुर ७ र १० निवासी साहित्यकारहरु जनार्दन उप्र्रेती र खगेश्वर कोइरालालाई प्रदान गरिएको छ ।
सो अवसरमा कोभिड–१९ ले पारेको प्रभाव नामक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्राहरुलाई पनि पुरस्कृत गरिएको छ ।
Comments