दमकमा पाँचथर-दमक सेवा समिति गठन
Published:
by .दमक । झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी पाँचथर–दमक सेवा समिति गठन गरिएको छ ।
पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न क्षेत्रहरुबाट विगत कालखण्डमा दमक बसाईं सरेर आई यहाँ बसोबास गरिरहेका पाँचथर मूलथलो भएकाहरु संगठित भएका हुन् ।
दमकको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा आज सम्पन्न भेलाले मित्रप्रसाद थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । सािटिको उपाध्यक्षमा हेमचरण भट्टराई, सचिव निलकण्ठ सापकोटा, सहसचिव बिरोध सुवेदी र कोषाध्यक्षमा दयादेवी रिजाल लुइँटेल चयन भएका छन् ।
नवगठित पाँचथर–दमक सेवा समितिका सदस्यमा मदन बोहोरा, कमल पोख्रेल, भोला पोख्रेल, ऋषि ढकाल, श्रीप्रसाद पोर्तेल र खेमनाथ अधिकारी रहेका छन् ।
Comments