Sajhamanch Archive

एनएमसी सहकारी पसलका कर्मचारीलाई तालिम

Published: in शिक्षा, समाज, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले माघ २ गते बिर्तामोड सहकारी पसलमा कार्यरत कर्मचारीहरुका लागि बिक्री प्रवद्र्धन सम्बन्धी तालिम दिएको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न तालिमको सहजीकरण राजाबाबु साहाले गरेका थिए ।

आफ्नो पसलको बिक्री बढाउन अथवा कुनै पनि व्यवसाय प्रवद्र्धन गर्न दैनिक एक जनामात्र नयाँ ग्राहक खोज्ने हो भने कसैले पछाडि फर्केर हेर्न नपर्ने सहजीकरणका क्रममा साहाले बताए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य केसी श्रेष्ठको अध्यक्षतामा सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको औपचारिक समारोहमा उपस्थितहरुलाई उपसमितिका अर्का सदस्य घनश्याम अधिकारीले शाब्दिक स्वागत गरेका थिए ।

तालिमको पहिलो सत्रमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले निर्धारण गरेको नारा ‘असल संस्कार र समृद्धि’ विषयमा करिब १ घण्टा सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *