Sajhamanch Archive

इटहरीको भोटिया खोलामा पक्की पूल शिलान्यास, दुई वर्षमा निर्माण सम्पन्न हुने

Published: in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by .

इटहरी । नगरपालिकाको दक्षिणी सिमामा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा आज पक्की पूलको शिलान्यास गरिएको छ । इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले पूलको शिलान्यास गरेका हुन् ।

निर्माण कम्पनीसँग ४ करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा दुई वर्षमा पूल निर्माण गरिसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पूलको निर्माण पछि स्थानीय लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीको भनाई छ ।

खेतीपाती गर्न र कृषि उपज बजारसम्म पुर्याउनका लागि स्थानीयलाई पूल अति नै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पूल निर्माण थालेको उनको भनाई छ ।

उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिएका छन् । वडा नम्बर १५ का कार्यवाहक वडाध्यक्ष सुवोधनारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित बनेको बताए ।

यो पूल इटहरी उपमहानगर पालिकाको पूल निर्माणको ठूलो योजना हो । साढे चार वर्षको अवधिमा इटहरीमा ठूला दुईसहित सानाठूला गरी १९ वटा पूल निर्माण भइसकेका छन् । भोटिया खोलासहित दुईवटा ठूला पूल निर्माण योजना अहिले संचालित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *