Sajhamanch Archive

पाडाजुंगीमा मोटरसाइकल दुर्घटना, ३ घाइते

Published: (Updated: ) in विविधा by .

दमक । झापाको दमक नजिकै कमल गाउँपालिका वडा नं. ५ पाडाजुंगीमा आज दिउँसो साढे ११ बजे दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मे ६ प ९११ नम्बरको पल्सर मोटरसाइकल र मे १० प ३८५९ नम्बरको स्कुटी एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पाडाजुंगीको गीता आयल अगाडि मोटरसाइकल दूर्घटना भएको हो । दूर्घटनामा ३ जना घाइते भएको जनाइएको छ ।

स्कुटीको अग्रभाग पूर्णरुपमा क्षति भएको छ भने घटनास्थल रक्ताम्मे बनेको छ । घाइतेहरुको उपचारका लागि दमकका अस्पताल लगिएको प्रतक्ष्यदर्शीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *