Sajhamanch Archive

एनएमसी चिया व्यवसायगत उपसमितिको कोटेशन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको

प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१०

संस्था अन्तर्गतको मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा बिक्रेताहरुबाट कोटेशन आह्वान गरिन्छ ।

तपसिलः
१. दाउराको अवस्थाः अधिकतम लम्बाई– २ फुट, गोलाई– १.५ फुटको टुनाको साइज
२. परिमाणः १ लाख केजी
३. बिक्रेताले बिक्री गर्न चाहेको दाउरा मे.न.पा ५ सुरेन्द्रनगरस्थित चिया उद्योगसम्म ढुवानी गरी भण्डारण पनि गर्नुपर्नेछ ।
४. कोटेसनका साथमा फर्मको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मिति २०७८ माघ १७ गते सोमबार कार्यालय समयसम्म तोकिएको छ ।
६. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर VAT सहितको दरभाउ पेस गर्नुपर्नेछ ।
७. कोटेसन पेस गर्दा दाउराको दर, दुवानी खर्च, टुना बनाउनुपर्ने भए सो को खर्च र भण्डारण ज्यालासहित सम्पूर्ण खुलाई एकमुष्ट प्रति केजी (भ्याट सहित)का दरले पेश गर्नुपर्ने छ ।
८. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरमा पेस गर्नु पर्नेछ ।

थप जानकारीका लागिः मो. ९८५२६८९५१३                                     चिया व्यवसायगत उपसमिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *